नरेश गुप्ता

बरियारपुर,नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको देवताल गाउँ कमिटीको घोषणा सभा बुधवार सम्पन्न भएको छ ।

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य दिनेश राईले घोषणा सभामा बोल्दै स्थानीय चुनावमा गठबन्धनको बहुत आउने ठोकुवा गर्नुभएको छ । स्थानीय चुनावमा गठबन्धन भएपछि त्यस अनुसारको जित हासिल गर्ने उम्मेदवारलाई सो क्षेत्रमा उम्मेदवार बनाइने उहाँले बताउनुभयो । नेकपा एमालेले एक्लै चुनाव लडने बताइरहेको भएपनि पाँच दलीय गठबन्धनको सामुन्ने हतोत्साहित देखिएको उहाँले बताउनुभयो ।

ध्रुब तिवारीको अध्यक्षतामा १ सय १ सदस्यीय देवताल गाउँपालिका कमिटी घोषणा गरिएको छ । कमिटीको उपाध्यक्षमा रामजान मिया, उपेन्द्र साह, राम बिनय यादव र सचिवमा मुक्ति सहनी रहेका छन । गाउँ कमिटी घोषणा कार्यक्रममा पार्टीका बारा जिल्ला अध्यक्ष सुन्दर बिश्वकर्माले स्थानीय चुनावमा मनोवल उच्च राखेर काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तानाशाही प्रवृत्ति र दम्भको अन्त गर्नुपर्ने बताउदै नेकपा एकीकृत समाजवादी पार्टीमा असल विचारधाराका व्यक्तिहरु मात्र रहेको बताउनुभयो । सो अवसरमा हिमाल खरेल, मधेस प्रदेश सभासद सीता गुरुङ्ग, पार्टीको मधेस प्रदेश सदस्य कौसल किशोर सिह, जिल्ला कमिटी सचिव ध्रुब यादब प्रचार विभाग प्रमुख रमेश सुबेदीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमा युवा संघ कलैया उपमहानगरपालिका कमिटीका अध्यक्ष हरिओम साहलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन मुक्ति सहनीले गर्नुभएको थियो ।

Leave a Reply