न्यायलय, न्याय पाउने ठाउँ । न्यायलयमा रहेको न्यायमुर्तिहरुले अन्यायमा परेकाहरुलाई न्याय दिनेछन् र दोषिलाई कारवाही दिनेछन् , यही हो न्यायलयबाट आम नागरिकहरुले गर्ने आशा । तर नेपालमा यसको ठीक उल्टो भएको जस्तो अनुभूति हुन थालेको छ ।

अधिवक्ता वा वकीलहरु भनेका पनि कालोकोटधारी नै हुन् । जसले न्याय सम्पादनका सवालमा भूमिका निर्वाह गर्लान् भन्ने आश थियो । तर सफल हुन सकेन । पछिल्ला दिनमा नेपालको सर्बोच्च अदालतमा रमिता देखिएको छ ।

वकीलहरु प्रधानन्यायाधीशको राजिनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन् भने न्यायाधीशहरुले काम नै ठप्प पारेका छन् । प्रधानन्यायाधीशले भाग खोजेको कुरा आएपछि यस्तो भएको हो । प्रधानन्यायाधीशले प्रतिनिधि सभा विघटनमा खेलेको भूमिकाको दुई अर्थबाट हेरिएको थियो । अहिलेका गठबन्धनहरुले प्रधानन्यायाधीशलाई महान भनेकै थिए ।

तर, अहिले सर्वोच्चमा नारा लाग्दा भने गठबन्धनबाट कसैले बोलेको सुनिदैन । प्रधानमन्त्रीले पारिपारिक हिसावले बोलेको भएपनि अरुले बोलेका छैनन् । खासमा सर्वोच्चमा रमिता देखाउनेमा काला कोटधारी नै छन् । त्यसैले पनि यस्ता कोटधारीहरुले मच्चाउने रमिताले न्यायलयको गरिमामाथि नै प्रश्न उठ्ने छ र उठिरहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here