वीरगन्ज,१४ औं गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वीरगन्ज कारागारका १९ जना सहित देशभरका ४ सय ३० कैदीको भुक्तान हुन बाँकी कैद मिनाहा गरी माफी दिनुभएको छ । मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार भण्डारीले ४ सय ३० कैदीहरूको शनिबार जेठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गर्नुभएको हो । यता वीरगन्ज कारागारमा पनि विभिन्न मुद्दामा कैद भुक्तान गरिहेका १९ जना कैदी आइतबारदेखि जेलमुक्त भएका छन् । सवारी ज्यान, कर्तव्य ज्यान मुद्दा लगायतका विभिन्न मुद्दामा कारागारमा कैदी जीवन विताएका १९ जनाले कैद मिनाह गरी माफी पाएको कारागारका सूचना अधिकारी नवराज बर्तौलाले जानकारी दिनुभयो ।

Leave a Reply