अहिले बिश्वभर एक प्रकारको आर्थिक मन्दीको अवस्था छ । रुस र युक्रेनकाबीचमा भएको युद्धका कारण त्यसको सिधा असर नेपाली अर्थतन्त्रमा पनि परेको छ । नेपालका अर्थमन्त्री जो आफै अर्थसंग सम्बन्धित नभएकाले पनि उनकै कारण पनि देशको आर्थिक अवस्था जर्जर बन्दैछ । यद्यपि आर्थिक अवस्था सुधारका लागि प्रयास भने भइरहेका छन् ।
त्यसो त नेपालमा मुल्यवृद्धि सामान्य जस्तो लाग्छ । कसैलाई केही घाटा भयो भन्ने लागेमा नै मृल्य वृद्धि हुन्छ । इन्धनको सहज आपूर्ति अहिले कम भएको अवस्थामा यसैको बहानामा व्यवसायीहरुले बजारमा इन्धनको कृत्रिम अभाव सृजना गरी नागरिकहरुलाई दुःख दिने काम गरेका छन् । उनीहरुलाई यस्तो बेलामा पनि कमिशनको आवश्कयता परेको छ ।
यसरी कमिशनको माग गर्नु राम्रो होइन । समय अनुसारको माग त जायज नै होला तर यो समय भन्दा पनि स्वार्थसंग जोडिएको कुरा भएकाले यसरी हरदम स्वार्थमा राखेर अप्ठेरो अवस्थामा पनि हेर्नु भनेको चाही व्यवसायीहरुको चरम स्वार्थपना हो ।