चुनाव भनेको नागरिकहरले आफ्नो अमुल्य मत प्रदान गर्ने एक लोकतान्त्रिक अभ्यास हो । यो अभ्यास लोकतन्त्र रहेका बिश्वका सबै देशमा भइरहेको छ । नेपालमा पंचायतकालपछि चुनाव भइरहेको छ । भलै चुनावमा धाँधली गर्ने चलन पहिला थियो अहिले केही कम छ तर पछिल्ला दिनमा चुनावको नाउमा सत्ता गठबन्धनबाट जवरजस्ती लाद्ने प्रयास भइरहेको छ । मतदाताहरुलाई यो वा त्यो कारणले घेराबन्दीमा पार्ने प्रयास गरिएको छ ।
बैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको चुनावमा पनि मतदाताहरुले सिण्डीकेटको सामना गरेकै थिए र अब मंसिर ४ मा हुने संसद र प्रदेश सभाको चुनावका लागि पनि फेरि सिण्डीकेट गर्ने प्रयास हुदैछ । हुनत मतदाताहरुले अझैपनि विवेक प्रयोग गर्ने ठाउँ त छ तैपनि गठबन्धन भएपछि कतिपय स्थानमा भने आफूले चाहेको दलका उम्मेदवारलाई मत दिने पाउने संभावना कम छ ।
पर्साकै कुरा गर्ने हो भने कुनै समय ठूलो दल रहेको यहाँका मतदाताहरुले एउटा निर्वाचन क्षेत्रभन्दा बाहेकमा अरुलाई मत दिनु पर्नेछ । आफूले चाहेर पनि आफ्नो चुनाव चिन्हमा मतदाताले मत दिने पाउने छैनन् । त्यसैले पनि चुनावमा पनि सिण्डीकेट हुनु लोकतन्त्रमाथि खिल्ली उडाउने काम हो । त्यसैले पनि यस्तो सिण्डीकेट अन्त्य हुन आवश्यक छ ।