नेपाली काँग्रेस पर्सा र जसपा पर्साका अध्यक्षको एक विज्ञप्ति शनिवार सार्वजनिक भयो । जसमा पर्सामा यी दुबै पार्टीले मित्रवत् चुनावी प्रतिस्प्रर्धा गर्ने कुरा गरेका छन् तर केन्द्रमा भने यी दुईको विज्ञप्ति विपरीतको राजनीतिक घटनाक्रम विकास भएको छ । केन्द्रमा जसपा र काँग्रेस लगायतका पाँच दलले गठबन्धन गर्ने कुरा गरेका छन् तर जिल्लाको कुरा अर्को छ ।

यसले उनीहरु केन्द्रको निर्णय नमान्ने पक्षमा रहेको देखाउछ । त्यसो त यसको विरोध पार्टीभित्र पनि भइरहेको छ । तर, गठबन्धन आजको आवश्यकता भएको पनि उनीहरुका केन्द्र स्तरका नेताहरुले बताएका छन् । प्रतिस्पर्धा भनेको सबैसंग मित्रवत् नै हुने हो । सत्रुवत् प्रतिस्पर्धा हुने कुरै भएन । गठबन्धन गर्ने अनि प्रतिस्पर्धामा जान्छु भन्दा यसको अर्थ हुदैछ ।

अब केन्द्रका नेताहरुले वीरगन्ज महानगरपालिकाको सवालमा एउटा निर्णय पक्कै गर्नेछन् अब त्यो निर्णय जिल्लाका अध्यक्षहरुले नमाने के हुन्छ भन्ने कुरा पनि महत्वपूर्ण हो । जिल्ला आफ्नै सुरमा चल्ने भए पार्टी किन चाहियो र ? जसपाले आफू बलियो देखेपनि काँग्रेसले देखेपनि वास्तवमा यी दुबै अहिले कमजोर छन् सत्य यही हो ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here