नरेश गुप्ता
बरियारपुर –  बाराको महागढीमाई १ निवासी अशोक साह कानुको हत्या गरिएको परिवारिक पक्षले आरोप लगाएको छ ।  महागढीमाई १ निवासी धनेश साह कानुको बर्ष १४ को अशोक साहको लाश झुन्डिएको अवस्थामा महागढीमाई १ स्थित सेमरातेगक्षिया नजिकै खेतबारीमा रुखमा झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । घटनाको प्रकृति हेर्दा अशोक साह कानु घरबाट दुई दिन देखि बेपत्ता रहेको र उनको शरीरको दुबै हातमा ए अक्षर लेखिएको र काटिएको अवस्था शव प्रहरीले बरामद गरेको थियो । महागढीमाई १ स्थित गणेश चौकमा चिया पसल चलाउदै आएको अशोकको हत्या रिसवी साध्न गरिएको उनको बुवा धनेश साहले बताए ।

 

 

 

 

 

घटना हेर्दा आत्महत्या नभएको अशोकलाई हत्या गरि आफ्नै जाकेटले रुखमा झुण्डियाईएको हुन सक्ने उनको बुवाले बताए । अशोक साहको घरपरिवार देखि कुनै किसिमको रिस राग नभएको उनको बुवाले बताए । अशोकको हत्या नै गरि आत्महत्याको संज्ञा दिइएकोले त्यसको खोज अनुसन्धानको लागि पुर्व सभासद शिवचन्द्र कुशवाहाको अगुवाईमा १५० को संख्यामा स्थानियबासिहरु बुधबार जिल्ला प्रहरी कार्यालय बारामा सत्य तथ्य बुझी गहन रुपमा अशोकको हत्याको बिषयमा छानबिन गर्न मांग गरिएको छ ।

 

 

 

 

 

 

अशोक साह कानुको आत्महत्या हो कि हत्या त्यसकाे बिषयमा सुक्ष्म अनुसन्धान भैइरहेको र पोष्टमार्टम रिपोर्ट आएपछी थप सहयोग मिल्ने जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी निरीक्षक बिरेन्द्र ठाकुरले बताउनु भयो । अशोक साहको हत्या हो कि आत्महत्या सो बिषयमा हरेक कोणबाट सूक्ष्म अनुसन्धान भैइरहेको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here