जनकपुरधाम, १० भदौ ।
मधेश प्रदेशका सभामुख सरोजकुमार यादवले परेको निवेदनलाई अख्तियारका पदाधिकारी र कर्मचारीले पैसा कमाउने माध्यम बनाउने गरेको आरोप लगाएका छन् । बर्दिवासमा आयोजना गरिएको संघीय शाषण प्रणाली सवलीकरण विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै यादवले उक्त आरोप लगाएका हुन् ।

अख्तियारले कसरी पैसा कमाउने माध्यम बनाउ“दारहेछन् भन्ने कुराको उदाहरण उनले आफ्नै नगरपालिकाको दिए । आफ्नो नगरपालिका बाराको सिम्रौनगढमा प्रदेश सरकारले दुई बर्षअघि रु २ करोड विकासका निम्ति पठाएको र ती रकम कुनै कामै नगरी खर्च गरेको पाइएको उनले बताए । ‘उपभोक्ता समिति बनाएर कुनै कामै नगरिकन कर्मचारीले पैसा झिकिहाले’ उनले भने, ‘यस्तो गुनासो आएपछि संसदीय समिति बनाएर अनुगमन ग¥यौं । त्यस क्रममा एक रुपैया“को पनि काम भएको पाइएन् ।’ यसपछि पुरै टिम काठमाडौं गएर अख्तियारका प्रमुख आयुक्तलाई फोन गरेर समय माग्दा नदिएको उनले बताए ।

‘त्यही पनि हामीले मुद्दा दर्ता गरायौं,’ उनले भने, ‘मुद्दा दर्ता गराएको २ बर्ष भइसक्यो, एक जना पनि हेर्न आएका छैनन् । अहिले थाहा पाए“ अख्तियारले फोन गरेर कर्मचारीलाई बोलाएर सेटिंग गरिदियो । यहीं हो संघीयता ?’ सभामुख यादवले प्रदेश सरकारलाई अधिकारबिहीन बनाएपछि सबैभन्दा बढी भ्रष्टाचार हुने देश नेपाल बनिसकेको बताए । ‘अदालतमा न्याय माग्न जानुस् बिना घूसको न्यायधीशले फैसला नगर्ने गरेको संचार माध्यममा आइसकेको छ’ उनले भने ।

संघीयता चाहिदैन भन्नेहरु भोलीको दिनमा गणतन्त्र पनि चाहि“दैन भन्न बेर नलगाउने भन्दै उनले त्यस्ता व्यक्तिबाट सचेत हुनुपर्ने बताए ।
(साभार–अनलाइनखबर)

Leave a Reply