वीरगन्ज,कोरोना भाइरस संक्रमणबाट पर्सामा थप एकजनाको मृत्यु भएको छ। नारायणी अस्पतालमा उपचाररत ४२ वर्षीय संक्रमित पुरुषको आज बिहान ९ः५८ बजे मृत्यु भएको हो।मृतक सर्लाहीको मलंगवा–२ का वासिन्दा रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजशोसन दासले बताउनुभयो । हिजो अस्पतालमा भर्ना भएका ती पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो। उनको गम्भीर प्रकारको निमोनियाका कारण मृत्यु भएको डा. दासले बताउनुभयो । कोरोनाको दोस्रो लहर सुरू भएपछि पर्साका निजी र सरकारी अस्पतालमा सातजना मृत्यु भइसकेको छ। तीमध्ये नारायणी अस्पतालमा पाँच र नारायणी बयोधा अस्पतालमा दुईजनाको मृत्यु भएको हो। मृतकहरु पर्सा, बारा र सर्लाहीका रहेको डा. दासले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here