सिमरा,आयोजक नव जनजागृति युवा क्लबलाई स्तब्ध पार्दै न्युरोड टिम (एनआरटी) जगदम्बा १२ औं जीतपुरसिमरा गोल्डकपको फाइलनमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाईनल खेलमा आयोजक जनजागृतिलाई ३÷२ ले पन्छाउदै एनआरटी फाईनलमा प्रवेश गरेको हो ।

एनआरटीलाई उपाधी होडमा उभ्याउने क्रममा स्टेफन समिरले दुई र मेसुके ओलोमाईले एक गोल गरे । आयोजकका लागि आयुश घलान र एलन थापाले समान एक÷एक गोल गरेका थिए ।

घरेलु मैदानमा स्तब्ध आयोजकले एनआरटीविरुद्ध आकर्षक सुरुवात गरेपनि सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । पाँचौं संस्करणको बिजेता समेत रहेको आयोजकले खेलको सुरुवातमै बनाएको केही अवसर गुमाउन पुग्दा खेलमा एनआरटी हावी हुन पुग्यो ।

खेलको १२ औं मिनेटमा आयोजकका मोहित गुरुङ्गले टिमका लागि गोल गर्ने उत्कृष्ट अवसर गुमाए । सकल रेग्मीको क्रस बलमा डोनाले मिलाएको पासलाई मोहितले आकर्षक प्रहार गर्न सकेनन् । उनको प्रहार एनआरटीका गोलरक्षक प्रदीप भण्डारीले बचाउ गरे ।

अग्रपंक्ति सम्हालेका मोहितले खेलको २०औं मिनेटमा अर्को अवसर खेर फाले । आयुश घलानले मिलाएको पासलाई मोहितले पोष्टको दिशा दिन सकेनन् । उनको प्रहार एआरटीका गोलरक्षक प्रदीपले नियन्त्रणमा लिए । आयोजकले खेलको सुरुवातमा पाएको केही अवसर गुमाउदा घरेलु दर्शक निराश बन्न पुगेका थिए ।

यता एनआरटीले पनि पहिलो हाफमा केही अवसर खेल फाल्यो । खेलको २६ औं मिनेटमा रन्जन बिष्टले डिबक्सभित्र पाएको बल नियन्त्रणमा लिन सकेनन् । दर्शन गुरुङ्गले मिलाएको आकर्षक अवसरलाई रन्जनले सदुपयोग गर्न चुकेका थिए ।

खेलको ३१ औं मिनेटमा एनआरटीले आयोजकविरुद्ध अग्रता लियो । रन्जन बिष्टले मिलाएको पासलाई स्टेफन समिरले गोल गर्दै टिमलाई अग्रता दिलाएका दिलाएका थिए । उनको गोलसंगै एनआरटीले पहिलो हाफ आफ्नो पक्षमा पारेको थियो ।

खेलमा १÷० ले पछि परेपछि दवावमा देखिएको आयोजक दोस्रो हाफको सुरुवातदेखि लय समात्न प्रयत्नशील देखिन्थ्यो । आयोजकका प्रशिक्षक सोनु क्षेत्रीले एनआरटीविरुद्ध रणनिति परिवर्तन आफ्नो खेलाडीलाई निर्देशन गरिरहेका थिए । बलियो एनआरटीविरुद्ध आयोजकले खेलको ६५औं मिनेटमा बराबरी गोल फर्कायो । मोहित गुरुङ्गको क्रस बललाई सदुपयोग गर्दै आयुश घलानले हेडमार्फत खेल १÷१ को स्थितिमा पु¥याएका हुन् ।

आयुशले खेल बराबरीमा ल्याएपछि सिमरा रंगशालमामा उपस्थित करिब चार हजार दर्शक खुशीयाली मनाइरहेका थिए र खेल रोमाञ्चक बन्न पुगेको थियो । आयुशको गोलले खेलमा फर्किएको आयोजक एनआरटीविरुद्ध आक्रामक बन्न पुग्यो । खेलमा लगातार अवसर सिर्जना गरेपनि आयोजकको फिनिसिङ्ग पक्ष भने कमजोर देखियो ।

आक्रामक आयोजकलाई रोक्न सफल एनआरटीले खेल सकिन पाँच मिनेट बाँकी रहदा दुई गोल गर्दै जित सहज बनाएको थियो । आयोजकको रक्षापंक्ति अल्मलिएको फाइदा उठाउदै खेलको ८५ औं मिनेटमा मेसुकेले गोल गरे । लगत्तै खेलको ८७ औं मिनेटमा स्टेफन समिरले टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३÷१ को स्थितिमा पु¥याए ।

अन्तिम समयमा लगातार गोल खान पुगेपछि आयोजक टोली स्तब्ध देखियो । खेलको ईन्जुरी समयमा एलन थापाले गोल गरेपनि टिमको हार टार्न सकेनन् । डिबक्सबाहिरबाट एलनले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।

इन्जुरी समयमा आयोजक १० खेलाडीमा सिमित बन्न पुगेको थियो । आयोजकबाट खेलेका स्टार खेलाडी डोना थापाले इन्जुरी समयमा रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । वादविवाद गरेको भन्दै रेफ्री नविन्द्र महर्जनले डोनालाई रातो कार्ड देखाएका हुन् ।

एनआरटीको जितमा महत्वपूर्ण दुई गोल गरेका स्टेफन समिर खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पाँच हजार नगद हात पारे । प्रतियोगिता अन्तर्गत विहीवार विभागीय टिम एपिएफ क्लब र बाग्मती युवा क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here