सिमरा,जीतपुरसीमरा उपमहानगरपालिका वडा नम्बर १५ नयाँवस्तिस्थित श्री बालज्योति आधारभूत विद्यालयका छात्रछात्रालाई मंगलवार राप्रपा केन्द्रीय सदस्य सुष्मा मिश्राले झोला वितरण गर्नुभएको छ । ।
विद्यालयका निम्न आर्थिक अवस्थाका ईमान्दार, अनुशासित तथा उत्कृष्ट छात्र, छात्रलाई मिश्राले किताब र कापी बोक्ने बोक्ने झोला वितरण गर्नुभएको हो । मिश्राले आफू पनि विद्यार्थी भएको र विद्यार्थीको समस्या बारे जानकार भएकोले सहयोग गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि विद्यार्थीलाई सहयोग उपलब्ध गराउने केन्द्रीय सदस्य मिश्राले बताउनुभयो । विद्यार्थीहरु भविष्यको कर्णाधार भएकोले उनीहरुको उज्जव भविष्यको लागि सबैले सहयोग गर्नुपर्ने पनि उहाँको भनाइ थियो ।



















