अनिल तिवारी
सिमरा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका २१ र २२ अम्लेखगञ्जमा सरसफाई सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ग्रिन एण्ड क्लिन सिटि हेटौडाको आयोजना सम्पन्न यस कार्यक्रममा वडा नम्बर २१ र २२ का जनप्रतिनिधीका साथै स्थानियहरुको उल्लेय मात्रामा सहभागीता रहेको थियो । आफ्नो सहरलाई सफा र सुन्दर बनाउन कुहिने र नकुहिने समानलाई ब्यवस्थीत गर्न अपनाउनु पर्ने नियमहरुको बारेमा जानकारी दिन यस कार्यक्रमको आयोजना गरीएको ग्रिन एण्ड क्लिन सिटिका मिथलेश महतोले जानकारी दिनुभयो ।

 

 

 

 

 

 

 

उहाँले घरमा भएको फोहर ब्यवस्थापन गर्न हामीले गर्दै आएको बिधि गलत भएकोले आफ्नो छरझिमेक फोहर भएको जसका कारण विभिन्न रोगहरु लाग्ने गरेको जानकारी दिदै घरबाट निस्कने फोहरलाई ब्यवस्थीत गर्न सबैलाई आग्रह गर्नुभएको थियो । साथै घरबाट निस्कने कस्ता फोहरलाई के गरी ब्यवस्थापन गर्ने भन्ने बारेमा समेत सबैलाई जानकारी गराउनुभएको थियो । हामीले आफ्नो घरबाट निसकने फोहरलाई कुहिने र नकुहिने गरी ब्यवस्थापन गर्न सके त्यस फोहरबाट समेत फाईदा लिन सकिने महतोले जानकारी दिनुभयो ।

 

 

 

 

 

जीतपुरसिमरा उपमहानगरपालिकामा पछिलो समय बिकराल रुप लिएको फोहरको समस्या समाधानमा स्थानियको प्रत्यक्ष सहभागीता बनाउने र आउदै गरेको गर्मीमा फोहरबाट हुने रोगको न्युनिकरण यस ग्रिन एण्ड क्लिन सिटि हेटौडाले यस्तो कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here