सिमरा,संचारकर्मी अनिल तिवारीे हातेमालो सहकारी पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत हुनुभएको छ ।
संस्थाको १७औं स्थापना दिवसका अवसरमा सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आइतवार संचारकर्मी तिवारीलाई १० हजार राशीको पुरस्कारबाट पुरस्कृत गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित संस्थाको भवनमा आयोजित कार्यक्रममा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी र संस्थाका अध्यक्ष यज्ञबहादुर आलेले तिवारीलाई सम्मानपत्र सहित नगद पुरस्कारबाट सम्मान गर्नुभएको थियो ।
सहकारी पत्रकारिताबाट पुरस्कृत भएका तिवारी प्रेस चौतारी नेपाल मधेस प्रदेशका उपाध्यक्ष र एपीखबर डटकमका संचालक हुनुहुन्छ । हातेमालोले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष एकजना संचारकर्मीलाई सहकारी पत्रकारिता पुस्कार प्रदान गर्दै आएको छ ।

यसैगरी स्थापना दिवसका अवसरमा हातेमालोले संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय डा. कृष्ण पौडेललाई मरणोपरान्त सम्मान प्रदान गरेको छ । उक्त सम्मान स्वर्गीय डा. पौडेलका भाइ नवराज पौडेललाई प्रदान गरिएको छ । संस्थाले विभिन्न विद्यालय र क्याम्पसका विद्यार्थी, उत्कृष्ट बचतकर्ता, ऋण कारोबारकर्ता, जेष्ठ सदस्यलाईसमेत सम्मान गरेको छ भने उत्कृष्ट कर्मचारीका रुपमा सुवास लामिछाने, शिक्षा तथा सामाजिक क्षेत्रबाट सुमनकुमार भट्टराईलाई सम्मानित गरिएको थियो ।
संस्थाका अध्यक्ष आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशसभा सदस्य चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पूर्व मधेस प्रदेशसभा सदस्य सुन्दर विक, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एकीकृत समाजवादीका केन्द्रीय सदस्य दिनेश राई, नेकपा एमालेका मधेस प्रदेश सचिव मनोज पौडेल, नेपाली कांग्रेस नगर सभापती छविलाल शर्मा, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख चन्द्रमणी भट्टराई, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी संचालक शोभा राउतलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply