निजगढ,बाराको कोल्हबी नगरपालिका वडा नम्बर ४ मा रहेको सपही क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा ढुण्डिराज उप्रेती विजयी हुनुभएको छ । व्यवस्थापन समितिको अध्यक्ष चयन गर्न मंगलवार भएको निर्वाचनमा उप्रेती २५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।उहाँको निकटतम प्रतिद्वन्द्वी बासु चौधरीले २१ मत ल्याउनु भएको थियो । कुल ४७ सदस्य मतदाता मध्ये निर्वाचनमा ४६ जनाले मतदान गरेका थिए । निर्वाचनमा उप्रेतीलाई नेकपा एमाले र चौधरीलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो ।
क्याम्पस व्यस्थापन समितिको अध्यक्षमा निर्वाचित भएपछि उप्रेतीले सबै पक्षसंग सहकार्य गरेर आफू क्याम्पसको हितको लागि काम गर्न तयार रहेको बताउदै क्याम्पसको अधुरो भवन निर्माण कार्यलाई पूरा गर्नेतर्फ सक्रिय रहने बताउनुभयो ।
२० सदस्यीय समितिको अन्य सदस्यहरु भने पछि मनोनित गर्ने व्यवस्था रहेको बताइएको छ ।
















