कृष्ण मोहन साह
सेढवा,पर्सामा टेम्पो दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । पर्साको ठोरी गाउँपालिका–३ मा आइतबार बिहान भएको टेम्पो दुर्घटनामा चलाकको मृत्यु भएको हो । प्रहरीका अनुसार टेम्पोमा सवार अन्य २ जना घाइते भएका छन् ।
रामनगरबाट बिजयवस्ती तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ह ६२८ नम्बरको टेम्पो बिहान साढे ३ बजे दुर्घटना हुँदा ठोरी–४ निवासी ३५ वर्षीय बीरबहादुर विश्वकर्माको मृत्यु भएको जनाइएको छ । विश्वकर्माको घटनास्थलमै मृत्यु भएको थियो ।
अन्य घाइते हुनेमा ठोरी–३ का खेल बहादुर विश्वकर्मा र विजय सुनार रहेका छन् । सामान्य चोटपटक लागेका उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।