बुधवार काठमाडौंमा एक कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना पूर्वसहकर्मी केपी ओलीलाई स्थानीय तहको चुनावमा हराइदिने कुरा गरिरहदा केपी ओली भने उपत्यका बाहिरको एक कार्यक्रममा आफूहरु पहिलो पार्टी हुने बताउदै थिए । त्यसो त कांग्रेसले पनि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चुनावमा कोहीसंग साँठगाँठ नहुने बताएको छ ।

यसरी हेर्दा स्थानीयत तहको चुनाव जति नजिकिदै छ, उति नै दलहरुबीचमा चुनाव जित्ने आआफ्नै तयारी र रणनीति देखिन्छ । दलहरुमा चुनाव जित्ने रणनीति हुनु आफैमा नराम्रो कुरा त होइन तर एक अर्काको भरमा रहेकाहरुलाई भने अप्ठेरो पर्ने अनुमान लगाउन सकिन्छ । माधव नेपाल र माओवादीहरुलाई कांग्रेसको साथ आवश्यक छ ।

तर, कांग्रेसले साथ दिन नसक्ने जनाऊ दिएको छ । संसदीय चुनावमा तालमेल भएपनि स्थानीय तहको चुनावमा यो संभावना कम देखिन्छ । तैपनि केही स्थानमा चुनावी तालमेल नै हुदैन भन्न पनि सकिदैन । चुनावमा आफ्ना रणनीतिलाई सफल बनाउन लागि परेका दलहरुले कसरी आफ्नो साख जोगाउछन् त्यसका लागि भने चुनावसम्म कुर्नु नै पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here