निजगढ,ईलाका प्रहरी कार्यालय निजगढले ८३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको घटनामा आफन्त र स्थानीयले निर्दोषलाई फसाउन खाजिएको आरोप लगाएका छन । प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १६ टाँगियाबस्तीका ४१ वर्षीय रुकबहादुर रुम्बालाई गाँजासहित पक्राउ गरेको बताएको थियो । तर आइतबार टाँगियाबस्तीबाट ईलाका प्रहरी कार्यालय निजगढ आइपुगेका आफन्त र स्थानीयले रुम्बा निर्दोष रहेको र उनलाई प्रहरीले फसाउन खोजेको बताएका हुन । ‘घरबाट धामी बोलाउन भनेर मनहर्वातर्फ गएका थिए, रुम्बाकी श्रीमती सुनमायाले भन्नुभयो, श्रीमान निर्दोष हुनुहुन्छ । उहाँले रुम्बामाथि मुद्दा नचलाउन पनि प्रहरीसंग अनुरोध गर्नुभएको छ ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले भने अदालतबाट म्याद लिएर रुम्बामाथि थप अनुसन्धान भइरहेको बताउनुभयो । गाँजाको कारोबारमा रुम्बाको संलग्लनता बारे थप अनुसन्धानपछि मात्रै थाहा हुने उहाँले बताउनुभयो । प्रहरीले बाराको रतनपुरतर्फबाट पिठ्युमा बोकेरे गाँजा ल्याउदै गरेको अवस्थामा रुम्बालाई पूर्व–पश्चिम राजमार्गबाट काँटघाट मन्दीरको बाटोबाट नियन्त्रणमा लिएको बताएको थियो । प्रहरीले गाँजा ओसार पसारमा प्रयोग भएको बा ३७ प ९६८१ नम्बरको मोटरसाइकल पनि बरामद गरेको जनाएको छ ।

प्रहरीले तस्कर समूहका अन्य भने फरार बनेको बताएको छ । समूहमा ५÷६ जना तस्करहरु रहेको र प्रहरीलाई देखेपछि उनीहरु फरार बनेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको थियो । स्थानीय समाजसेवी रमेश सापकोटाले पनि रुम्बा निर्दोष रहेको बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here