बिश्वको महाशक्तिशाली देश अमेरिकाले इरानमा आक्रमण गरेपछि मध्यपूर्वको अवस्था निकै तनावग्रस्त छ ।मध्यपूर्व भनेको इरान मात्र छैन, इरानमा त नेपालीहरु कमै होलान् र त्यहाँ सरकारले औपचारिक रुपमा जानका लागि रोक पनि लगाएकै छ तर पनि नेपालीहरु गएको पाइन्छ ।

इरानको कुरा छाडौं, मध्यपूर्व विशेषगरी कतार, दुबही र साउदीमा रहेका नेपालीहरु अहिले निकै आत्तिएका छन् । उनीहरुको अवस्था निकै दयनीय रहेको कुरा उनीहरुले नै भनिरहेका छन् । इरानले अमेरिकी सेनाको बेस क्याम्पमा आक्रमण गरेपछि मध्य पूर्वको दैनिकी फेरिएको हो ।नेपालीहरु त्यहाँ २ रुपैयाँ बढी कमाइ हुन्छ कि भनेर गएका हुन् । उनीहरु घरमा पुगिसरि आएर गएका हुदै होइनन् । अझ यसरी भनौं, उनीहरु कुनै रहरले गएका होइनन् । आफ्नो ज्यान जोखिममा राखेर भएपनि उनीहरुले अझै काम गरिरहेका छन् । आकाशमा बम पड्किएको छ, त्यो हेर्दै दिन कमाउनु र रात कटाउनु नेपालीहरुको बाध्यता रहिआएको छ ।

अब यस्तोमा सरकार रमिते बन्न हुन्न । केही प्रयास गरेको जस्तो त देखिन्छ तर यो प्रर्याप्त छैन । नेपालमा चुनाव आउनुभन्दा अगाडि नै बम बर्सिएका हुन् त्यता । ल, त्यो बेलामा सरकार चुनावमा थियो अलि ध्यान दिन पाएन होला तर अहिले त सरकारले ध्यान दिलने समय छ नि । कम्तिमा करिब १७ लाख नेपाली रहेको भनिएको खाडी देशका विषयमा सरकार गम्भीर र संवेदनशील बनोस् ।युद्धमा नेपाली एकजनाको निधन भएको र केही घाइते पनि भएका छन् । उनीहरुको विषयमा सरकारले गर्ने के हो त्यो चांडो गरोस् ।

Leave a Reply