सिमरा,जीतपुरसिमरा स्पोट्र्स क्लबको आयोजनामा जीतपुरसिमरा क्रिकेट कप शनिबारदेखि सिमरामा सुरु हुने भएको छ ।प्रतियोगिताको उद्घाटन खेलमा पर्सा र सर्लाही भिड्नेछन् । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा दुई टोलीबीचको खेल बिहान ११ः४५ मा सुरु हुनेछ ।

यसपटकको प्रतियोगितामा आयोजकसहित बारा, पर्सा, सर्लाही, मकवानपुर र चितवन जिल्लाका टोलीहरूको सहभागिता रहनेछ । प्रतियोगिताको पुरस्कार राशिमा यसपटक वृद्धि गरिएको छ । जसअनुसार विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् ।यसअघिको संस्करणमा विजेताले एक लाख र उपविजेताले ५० हजार प्राप्त गरेका थिए। व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा उत्कृष्ट बलर र ब्याटरले जनही पाँच हजार रुपैयाँ पाउनेछन् ।जीतपुरसिमरा उपमहानगरपालिका मुख्य सहयोगी रहेको यस प्रतियोगितालाई नेपाल प्रिमियर लिग (एनपीएल) को टोली जनकपुर बोल्ट्सले पनि साथ दिएको छ ।


















