नरेश गुप्ता

बरियारपुर,बाराको पचरौता नगरपालिकामा एमालेको नगर कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रम मंगलबार समपन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले बारा जिल्ला ईन्चार्ज बलवीर चौधरीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नगर कमिटीका अध्यक्षसहित पदाधिकारी र सदस्यको नाम घोषणा गरिनु साथै उनीहरुलाई पद तथा गोपनीयताको सपथ गराइएको हो । ७५ सदस्यीय नगर कमिटीको अध्यक्षमा जयनारायण राउत कुर्मी, उपाध्यक्षमा गगनदेव यादव, सचिवमा ग्यासुदिन अन्सारी, उपसचिवमा भिखारी साह र अरबिन्द यादव चयन भएका छ्न ।

नगर कमिटी घोषणा कार्यक्रममा बोल्दै पार्टी केन्द्रीय सद्स्य समेत रहनुभएका चौधरीले आगामी स्थानीय तहको निर्वाचनमा एमाले सबैभन्दा बढी स्थानमा विजयी हुने बताउनु भयो । मुलुकको सम्वृद्धिमा एमाले पार्टीले ल्याएको नीति र कार्यक्रमअनुसार नै वर्तमान सरकार पछिपछि हिडेको पनि चौधरीले बताउनु भयो । नगर कमिटी घोषणा कार्यक्रममा मधेस प्रदेश कमिटी सद्स्य मखन पासवान, रामनाथ बैठा, जलन्धर सिंहलगायत स्थानीय नेताहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply