कृष्णउदास खनाल
वीरगन्ज,प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी आर्थिक बर्षको बजेट आमुल पविर्तन गरेर ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।प्रेस सेन्टर नेपाल केन्द्रीय समितिले वीरगञ्जमा आयोजनाको २०औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी वर्षदेखि बजेट तथा नीति निर्माण प्रक्रियामा ठूलो क्रान्ति ल्याउने ल्याउन लागेको बताउनुभएको हो ।

उहाँले अब आफ्नो ध्यान यो पटक नीति तथा कार्यक्रम तथा बजेटतर्फ केन्द्रीत रहेको र यसमा अब जनताको सहभागीता गराएर बनाउने तयारी भइरहेको पनि बताउनुभयो । ‘गत सालको नीति तथा कार्यक्रम र बजेट जनताको पक्षमा भएन, त्यसकारण अब अर्को वर्षदेखि नीति तथा कार्यक्रमको सवालमा जनतामा पहिला बहस चलाउने र यसको प्रकृति र प्रक्रियाबाट बदलेर जनताको पक्षमा आमुल परिवर्तन ल्याउने खालको हुनेछ ।’ उहाँले भन्नुभयो ।बजेट निर्माणको सवालमा पनि यही फर्मुला अपनाउने प्रधानमन्त्री प्रचण्ड बताउनुभयो । यो सरकारले ३ करोड भन्दामाथिको बजेट संघले हेर्ने र त्यसभन्दा कमका बजेट प्रदेश र स्थानीयलाई दिइने तयारी पनि गरेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

पुराना योजना प्राथमिकतामा राखेर पूरा गर्नेतर्फ पहिलो जोड हुने र जनतालाई प्रत्यक्ष फाइदा हुने गरी बजेट निर्माण गर्ने जमर्को गरेको प्रधानमन्त्री प्रचण्डले बताउनुुभयो ।‘सिलिङ तोक्ने सवालमा पनि सबै मन्त्रालयहरुको सल्लाह अनुसार तोक्ने सरकारले आफ्नो ध्यान केन्द्रीत गरेको छ, साथै देशमा रुग्ण भएर बसेका उद्योगहरुलाई सञ्चालन गर्ने सवालमा केही ठोस निर्णय भएकोले केही सातामा जनताको यसको परिणाम देखिनेछन् ।’ प्रधानमन्त्री प्रचण्डले भन्नुुभयो ।प्रधानमन्त्री प्रचण्डले सोसल मिडियाले नकारात्मक प्रभाव जमाइरहेको उल्लेख गर्नुभएको छ । उहाँले पछिल्लो समय सामाजिक सञ्जाल स्थिरता र शान्ति विरोधी कामका लागि प्रयोग भइरहेको टिप्पणी समेत गर्नुभएको छ ।यसैबीच प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठक पनि सोमवार नै सकिएको छ । आइतवारबाट शुरु भएको बैठक सोमबार वीरगन्ज घोषणापत्र जारी गर्दै सकिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here