बिदुर खडका
डुमरवाना – सिमराको सामुदायिक बनहरुमा उपभोत्ताहरुको चापबढी रहेको बेला बाराको पुर्ब पश्चिम राजमार्गको दक्षिण तर्फ रहेको राष्ट्रिय बन स्थानिय तिनवटा सामुदायिक बन समुहलाई संञ्चालन गर्न दिईएको छ । सिमरा क्षेत्रमा घर निर्माणको काम तिब्रगतिमा बढेकाे कारण उपभोक्ताहरुको काठको माग अधिक भएकोले हाल तिन सय जना स्थानियहरुको काठको मागफारम रोलक्रममा रहेको छ । बन समुहको सदस्य बनेको एक बर्ष पछिमात्र स्थानिय काठ पाउने गरेको छ ।
थानिमाई बन उपभोत्ता समुहको बिषेश साधारण सभाको अवसरमा थानिमाई बनउपभोत्ता समुहको अध्यक्ष माधब त्रिपाठिले उक्त कुरा जानकारी गराईएको थियो । राष्ट्रिय बनको २ सय ७५ हेक्टर जमिन मध्ये प्रगति सामुदाय बनले १ सय ३३ हेक्टर, पथलैया सामुदायिक बनले २३ हेक्टर, थानिमाई बन समुहले १ सय २३ हेक्टर बन संञ्चालन गर्न अनुमति पाएकोले केहि काठ आपुर्ति गर्न सहज हुने त्रिपाठिले जनाउनु भएको छ ।
२ सय ७५ हेक्टर राष्ट्रिय बनको चारैतिर सामुदायिक बन रहेकोले बिचको राष्ट्रिय बन सामुदाईक बनहरुलाई संञ्चालन गर्न दिईएको हो । बिगत देखि उक्त राष्ट्रिय बनलाई साझेदारी बनले समेत आफनो मातहतमा समायोजन गर्न संम्बन्धित निकायमा अनुरोध गरेको थियो ।