नरेश गुप्ता

बरियारपुर,नेकपा एकीकृत समाजवादीले कलैयामा शुक्रवार उपमहानगरपालिका नगर कमिटी घोषणा गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सद्स्य दिनेश राईको प्रमुख अतिथियमा १ सय ३२ कलैया उपमहानगरपालिका कमिटी घोषणा गर्नुभएको हो ।

उद्योग बाणिज्य संघ बाराको सभाहलमा आयोजित घोषणा कार्यक्रममा बोल्दै पोलिटब्युरो सद्स्य राईले एमसिसी पारित हुनुमा पार्टी अध्यक्ष माधव नेपालको दोष नरहेको बताउनुभयो । एमसिसीको विरोधमा संसद, काठमाडौं र देशभरिका विभिन्न शहर तथा गाउँमा विरोध गरेपनि बहुमतले पारित गरिएकोप्रति उहाँले खेद प्रकट गर्नुभयो ।

नेता राईले नगर कमिटीमा निर्वाचित सम्पुर्ण पदाधिकारी र सदस्यहरुलाई धन्यवाद दिनु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै युवा संघ बाराका पूर्वअध्यक्ष ध्रुव यादवले एमसिसी अनुमोदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेकपा समाजवादीलाई दोष लगाएर जनतालाई भ्रम छर्ने काम मात्रै भएको बताउनुभयो । कलैया उपमहानगरपालिका नगर कमिटीको अध्यक्षमा अरुण खनाल, उपाध्यक्षमा गौरीशंकर यादव, हिरालाल चौधरी, सचिवमा कपिलदेव यादव, ससचिवमा नुरमहमद अंसारी, रेखा देबी, मनोज पासवान रहेका छन ।

त्यसैगरी नगर कमिटीको सद्स्यहरुमा वडा नम्बर १ का वडा अध्यक्ष बिकास मण्डल, आलाबाबु साह, बिरबहादुर मण्डल, बासमती चौधरी, बृजकिशोर पटेल रहेका छन ।

त्यसैगरी खुला सद्स्यहरुमा सुन्दरमाला चौधरी, शिवजी ठाकुर, रामबिनय साह, रामनाथ महतो लगायत १ सय ३२ सदस्यीय नगर कमिटी घोषणा गरिएको हो । सो अवसरमा नेकपा समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद पासवान, मधेस प्रदेश सद्स्य सुरेश मोदक, नेकपा एसका जिल्ला सचिव बिक्रम ठाकुर, युवा संघ नेपाल कलैया नगर कमिटी अध्यक्ष हरिओम साह लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन अनेरास्ववियुको केन्द्रीय सद्स्य ईमरान आलमले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here