निजगढ,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा हुन गईरहेको बृहत संस्कृतिक सोनाम ल्होछार कार्यक्रममा सरिक हुन राष्ट्रियस्तरका कलाकारहरुले प्रस्तुति दिने भएका छन ।शुक्रवार शुरु भएर २ दिनसम्म चल्ने ल्होछर कार्यक्रममा राष्ट्रिय ख्यतिप्राप्त गायकहरु रोजबहादुर मोक्तान, विशाल काल्तान, गायिका जितु लोप्चन, साम्तेन मोक्तान, रेश्मा बोम्जन र गायक हिरा दोङ ललगायतको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
२८६० औं “डुक ल्हो“ “गडुल वर्ग“ सोनाम ल्होछर २०८० को जिल्ला स्तरीय कार्यक्रमको सबै तयारी पुरा भएको र सो कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने नेपाल तामाङ्ग घेदुङ्ग बारा जिल्ला समन्वय समितिका अध्यक्ष सुर्य घलानले जानकारी दिनुभयो ।कार्यक्रमको पहिलो दिन माघ १९ गते सोनाम ल्होछरको विश्वव्यापी सन्देश मुलक शान्ति यात्रा, पूजापाठसहित ¥याली निकालिने अध्यक्ष घलानले जानकारी दिनुभयो ।रामनगरस्थित खेल मैदानमा हुने सो कार्यक्रममा स्थानीय परिकारको स्टल समेत राखिने बताइएको छ ।