निजगढ,बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निजगढ नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरूको शुक्रवार वडा नम्बर ४, ६ र ९ मा चुनावी घरदैलो कार्यक्रम गरेका छन ।
एमालेबाट निजगढ नगरपालिकाको मेयर पदका उम्मेदवार सुरथ पुरी, उपमेयर उम्मेदवार राममाया थिङ्ग र वडा अध्यक्ष तथा वडा सदस्यका उम्मेदवारसहितको टोलीले वडा नम्बर ६ र ४ मा मतदाताको घरघरमा पुगेका हुन । वडा नम्बर ६ को स्वामीको बोटबाट सुरु भएको घरदैलो कार्यक्रम सडकटोल चोक हुदै योजना टोलबाट धियाल टोलमा पुगेर समापन भएको थियो । त्यसैगरी शुक्रवार बिहान वडा नम्बर ४ मा पनि घरदैलो कार्यक्रम आयोजना गरिएको छ । घरदैलो टोलीले वडा नम्बर ४ को पुरानोटोल, ४ घरे हुदै बिचटोलमा पुगेर मतदातासंग भेटघाट गरेको थियो ।
त्यस्तै एमाले उम्मेदवारहरुले पनि वडा नम्बर ९ मा पनि शुक्रवार दिउसोबाट घरदैलो कार्यक्रम गरेका छन । पुर्वपश्चिम लोकमार्गको देउराली चोकबाट सुरु भएको सो घरदैलो कार्यक्रम भमरामा पुगेर टुङ्गिएको थियो । कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार गणेश राजभण्डारी लगायत वडा सदस्यका उम्मेदवार र स्थानीय कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
घरदैलो कार्यक्रममा स्थानीयको समेत उत्साहजनक सहभागिता रहेको नेकपा एमाले नगर कमिटीका सहसचिव थानेश्वर सापकोटाले जानकारी दिनुभयो । त्यसैगरी वडा नम्बर ६ मा नेकपा एमालेले कुशबहादुर थापाको संयोजकत्व र प्रकाश सापकोटा सचिव रहेको ३०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
फोटो पनि छ ।