माओवादी कुनै बेलामा राम्रो पार्टी थियो । यसको नाम सुन्दा पनि मान्छेलाई डर सहित आश पनि लाग्दथ्यो तर आज माओवादी फरक भएको छ । समयसंगै माओवादी परिवर्तन हुनु पनि स्वभाविक नै हो तर हिजो चर्को क्रान्तिकारीको कुरा गर्ने अनि आज लम्पसार पर्ने प्रवृत्तिले माओवादी ढिलोचांढो विघटन हुने खतरा छ ।
माओवादीका अध्यक्ष प्रचण्डको नीति समान खालको छैन । उनले लिने नीतिकै कारण पनि माओवादी आन्दोलन तुहिएको हो । संसदीय अभ्यासमा माओवादी आएपछि माओवादीहरु टुक्राटुक्रा भएका छन् । माओवादी आन्दोलन पनि स्खलित भइसकेको छ । बिव्लव, बैद्यले जसले जे सुकै कुरा गरेपनि माओवादी अब माओवादी रहने छैन ।
अहिले एमसिसीपछि माओवादीमा विभाजनको कुरा आएको छ । माओवादीमा विभजन अब सामान्य जस्तै भएको छ । प्रचण्डले थर्काए अनि फकाउन गए पूर्वमशालका नेता नारायण काजीलाई । काजी अवसरवादी नेताको रुपमा लगभग स्पष्ट छन् । उनी माओवादीबाट तत्काल अलग हुने संभवना पनि छैन । अलग भएर उनलाई फलीफाप पनि छैन । त्यसैले माओवादी यीनै शीर्ष भनिएका नेताकै कारण धरापमा परेको छ र पार्टी यीनै नेताको पालामा विघटन हुने खतरामा छ ।