नरेश गुप्ता

बरियारपुर,अध्यक्ष चन्दनकुमार सिंहले भौतिक पूर्वाधार विकासमा देवताल गाउँपालिकाका बारा जिल्लामा नमुना पालिका बनेको बताउनु भएको छ ।
देवताल गाउँपालिका वडा नम्बर २ बड़किझिटकैयामा नवनिर्मित श्रीकट्टीमाई मन्दिरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सिंहले सो कुरा बताउनु भएको हो ।
बारा जिल्लाका १६ वटै स्थानीय तहमध्ये शिक्षा स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणमा देवताल गाउँपालिकाले फड्को मारेको बताउनुभयो । उहाँले पालिकाका सबै वडाहरुमा भौतिक संरचनाहरु निर्माण गरिएको जानकारी दिनुभयो । गाउँपालिकामा विकासको लहर सुरु भएको र पालिकाभित्र घुमेर निरीक्षण गर्ने हो भने यसको प्रमाण पाइने बताउनुभयो ।
उहाँले आफ्नो कार्यकालमा भौतिक संरचना, मठ मन्दिर, अस्पताल, वडा कार्यालय भवन, प्रहरी चौकी भवन निर्माण, बर्थिङ्ग सेन्टर, ज्येष्ठ नागरिकको लागि यातायात सुविधाको लागि बस खरिदलगायत पालिकामा विकास निर्माण कार्यहरु संचालन गरिएको बताउनुभयो ।
मन्दिर उद्धाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साह, गाँउपालिका उपाध्यक्ष रामपती देबी वडा नम्बर २ का अध्यक्ष रमेशप्रसाद यादव, वडा नम्बर ४ वड़ा अध्यक्ष श्रीमिश्रीलाल सहनी वडा नम्बर ५ वड़ा अध्यक्ष लखविन्द्रप्रसाद यादव, स्थानीय बुद्धिजीवी, समाजसेवी र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।



















