निजगढ,नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) संचालक समितिको सदस्यमा निर्वाचित हुनुभएको छ ।
नेफ्स्कुनको आइतवार सम्पन्न ३२औ साधारणसभाको निर्वाचनबाट राउत मधेश प्रदेशको तर्फबाट संचालक समितिको सदस्य पदमा निर्वाचित हुनुभएको हो ।नेकपा एमालेको प्यानलबाट उपाध्यक्षको उम्मेदवार बन्नुभएकी राउतले सप्तरीकी गंगा बलम्पाकीलाई १ सयभन्दा बढी मतले पराजित गर्नुभएको थियो । राउतले ९६८ र बलम्पाकीले ८६२ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा सत्ता गठबन्धन घटक र नेकपा (एमाले) निकट सहकारीकर्मीबीच प्रतिस्पर्धा भएको थियो ।
डेढ दशकदेखि सहकारी अभियानमा सक्रिय निजगढ ६ की ४१ वर्षिया शोभा बचत तथा ऋण सहकारी संघ बाराको कोषाध्यक्ष र निजगढ महिला बचत सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । निजगढ महिला साकोसको १० औं साधारण सभाबाट शोभा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।अत्यन्तै शालिन र मिलनशार स्वभावकी राउत एमालेको भातृ संघठन अखिल नेपाल महिला संघ निजगढ नगर कमिटी अध्यक्ष समेत हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here