दुई तिहाइको नजिक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहले प्रधानमन्त्रीको रुपमा सथप लिएसँगै सरकारले भटाभट काम गरिरहेको देखिन्छ । तर त्यो काम मुख्यतः ठूला नेता पक्राउमा नै बढी केन्द्रित देखिन्छ ।अब यो आवश्कयता हो भन्ने कुरा त समयले प्रमाणित गर्ला तर योसँगै आम नागरिकहरुको अपेक्षका विषयमा पनि सरकार गम्भीर बन्न भन आवश्यक देखिन्छ ।

सरकार मुलतः ठूला नेता पक्राउमा अलि बढी केन्द्रित मात्र भएको हो कि भन्ने नागरिकहरुलाई लागेको छ । अब यो पक्राउको श्रृखला त लामै समयसम्म नै चल्ला जस्तो छ तर यो बीचमा जनतालाई तत्काल राहतका काम गर्न आवश्यक छ ।
हुनत सरकारको एक सय बुँदाको बाचापत्रको कुरा पनि आएको छ । त्यो पनि कार्यान्वन हुदै जाला नै तर अहिले मुख्यतः महँगोको मारमा जनता छन् । जताततै बिचौलियाहरु हाबी भएको देखिन्छ ।

मध्य पूर्वमा देखिएको तनाबका कारण भान्छामा दैनिक उपभोग्य बस्तुको अभाव देखिएको छ । यो अभाव बिस्तारै फैलदो अवस्थामा छ । अभाव भएपछि कसैलाई थुने पनि नथुने पनि फरक पर्दैन । आफ्ना देशका नागरिकहरुलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर पनि नीति संगसंगै बनाउन आवश्यक छ ।

रास्वपाका बाचा पत्रमा पनि यी कुरा उल्लेख छन् तर अहिलेको जस्तो मध्यपूर्वमा लडाइ भइ नै हाल्यो भने के गर्ने कुरा कुरा बाचा पत्रमा थिएन र हुने कुरा भएन । त्यो तत्कालको समस्या हो ।त्यसैले अहिले बालेन नेतृत्वको सरकारले राहतका कार्यक्रम तत्काल ल्याओेस् भन्ने पनि नागरिकहरुको चाहना हो । यसमा ढिला गर्न भएन । ग्याँस सहज होस्, इनधनको अभाव पनि नहोस् र महँगो पनि नहोस् । राहत कसरी दिने त्यता पनि ध्यान जाओस् ।

Leave a Reply