नरेश गुप्ता
बरियारपुर,हराएको मोटरसाइकलसहित बारामा बिहीवार एकजना पक्राउ परेका छन ।
करैयामाई गाउँपालिका वडा नम्बर ८ नरही पेट्रोल पम्पस्थित बारागढी गाउँपालिका वडा नम्बर २ बस्ने दिपेन्द्र चौधरीको छोरा वर्ष २२ को अर्जुन चौधरीले चोरी गरेको मोटरसाइकलमा पेट्रोल हाल्ने क्रममा मोटरसाइकल धनीको साथीले फेला पारेपछि चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
चोरी भएको ग.४ प.७१०१ नम्बरको मोटरसाइकल बिगत केही दिनअगाडि चोरी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
त्यसैगरी बेवारिसे अवस्थामा मोटरसाइकल बिहीवार फेला परेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ११ बिसम्बरपुर टोलको पूर्वपट्टी रहेको खेतमा बेवारिसे अवस्थामा बा.६९ प ७१९२ नम्बरको २२० सिसीको कालो रंगको पल्सर मोटरसाइकल फेला परेको हो । बेवारिसे अवस्थामा फेला परेको मोटरसाइकललाई प्रहरीले आवश्यक कारबाहीको गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।