नरेश गुप्ता
बरियारपुर – कोरोना भाइरसको त्रातले अहिले सम्मानित बारा जिल्ला अदालत भित्र सेवा लिन आउने सेवाग्राहीहरुको हात धोएर स्वास्थ सतकर्ता अपनाईएको छ । कोरोना भाईरसले बिश्व भरी महामारीको रुपमा फैलिदै गैइरहेकोले भिडभाड हुने ठाउँ अदालतमा पनि उच्च सतकर्ता अपनाईएको बारे जिल्ला अदालत बाराको सुचना अधिकारी सुदिप कुमार भट्टराईले जानकारी दिए ।

 

 

 

दैनिक रुपमा अदालत परिसर भित्र आउने सेवाग्राहीहरुको हात साबुन पानीले धोएर मात्र सेवाको लागि कोठामा प्रवेश गर्ने निर्देशन दिइएको छ । कोरोना भाईरसबाट बच्न बढी भिडभाड हुने ठाउँ जिल्ला अदालत बारा भित्र साबुन पानीले हात धुने , मास्क लगाएर सेवा लिन आउने सेवाग्राहीहरुलाई माईकिङ्ग गरि स्वास्थ सतकर्ता अपनाउन आग्रह गरिएको सूचना अधिकारी भट्टराईले बताए ।

 

 

 

 

 

जिल्ला अदालत बारा भित्र आउने सेवाग्राहीहरुलाई अनिवार्य रुपमा मास्क लगाएर आउनु पर्ने , रुखा खोकी , ज्वरो लागेको सेवाग्राहीहरुलाई अदालत भित्र प्रवेश नगर्न आग्रह समेत गरको सुनाए । कोरोना भाईरस महामारीको रुपमा चीन , भारतमा पनि देखा परेकोले बारा जिल्लाको सबै सार्वजनिक कार्यलय , भिडभाड हुने ठाउँ , हाट बजार , ब्यापारिक केन्द्रहरुमा स्वास्थ सतकर्ता अपनाउन आवश्यक रहेको देखिन्छ ।

Leave a Reply