बसन्त लामा
सिगौल,घुमुवा प्रहरीका कारण निजगढ नगरपालिकाको सिंगौलमा स्थानीयले संचालन गर्दै आएको विकास निर्माण कार्य अवरुद्ध हुदै आएको छ ।
गाउँको सडक निर्माण लगायत अन्य विकास कार्यको लागि धन्सार खोलाबाट स्थानीयले ल्याएको ढुङ्गागिटी र बालुवा घुमुवा प्रहरीले नियन्त्रणमा लिन थालेपछि गाउँमा विकास निर्माण कार्य अवरुद्ध बनेको हो । स्थानीयले निजगढ नगरपालिका कार्यालयबाट आर्थिक वर्ष ०७८÷०७९ मा विनियोजन भएको बजेटबाट पूर्वाधार विकासका कार्यहरु संचालन गर्दै आएका छन ।
पछिल्लो पटक प्रहरीले निजगढ नगरपालिका वडा नम्बर १ को टासीछ्योइलिन बौद्ध गुम्बाको पर्खाल निर्माण गर्न भनेर धन्सार खोलाबाट ल्याइएको ढुङ्गा र बालुवा अस्थायी प्रहरी चौकी सिगौलका घुमुवा नियन्त्रणमा लिएको गुम्बा व्यास्थापन समितिका अध्यक्ष गणेशबहादुर लोप्चनले बताउनुभयो ।
स्थानीय स्तरमा हुने विकास कार्यको प्रयोजनमा खोलबाट ल्याइने गिट्टी, बालुवा र ढुङ्गामा जिल्ला वन कार्यालय र प्रहरीले समेत कुनै अवरोध गर्न नपाउने नियम रहेको छ । यस्तो नियम हुँदाहँुदै पनि वडा कार्यालयको सिफारिस बनाएर सार्वजनिक कामको लागि ल्याइएको नदीजन्य पदार्थमा ट्याक्टरका चालकसंग रकम मागेर प्रहरीले दुख दिने गरेको स्थानीयको गुनासो गरेका छन ।