स्थानीय तहमा अहिले जनप्रतिनिधिहरु छन् । नेपालमा गणतन्त्रको स्थापना भएसंगै लगभग एक दशकको हाराहारीमा स्थानीय सरकार जनप्रतिनिधिहरुको अगुवाइमा रहेको छ । त्यसो त राजाको समयमा पनि जनताका प्रतिनिधि थिए तर अहिले जस्तो अलि थिएन ।

अहिले स्थानीय तह लगभग अधिकार सम्पन्न नै छ । कसैको पनि एकल बहुमत नभएको अवस्थामा फरक कुरा नत्र त स्थानीय सरकारलाई धेरै कुराको अधिकार दिइएको छ । तर, स्थानीय तहमा जनप्रतिधि मात्र होइनन् कर्मचारी पनि हुन्छन् नै ।कर्मचारी भनेका जनताका प्रतिनिधिहरुको सारथी हुन । उनीहरुको सहयोग बिना जनप्रतिनिधिले केही गर्नसक्दैन । त्यसैले पनि कर्मचारी र जनप्रतिनिधि एक अर्काको परिपूरक भएकाले पनि उनीहरुको एक आपसमा सम्बन्ध बलियो हुन आवश्यक छ तर नेपालको सन्दर्भमा यस्तो देखिदैन । कर्मचारी र जनप्रतिनिधिहरुका बीचमा समस्या देखिएको छ । बाराको सिम्रैनगढमा मात्रै पनि यस्तो समस्या देखिएको छ, जहाँ अहिले दुबै पक्षबीच विवाद भएको छ ।

मुल कुरा जनप्रतिनिधि र कर्मचारीकाबीचमा किन विवाद हुन्छ भन्ने कुरा हो । यदि जनताको प्रतिनिधिले पनि जनता र आप्नो पालिकाको मात्रै हित सोच्ने हो भने र कर्मचारीले पनि आप्नो क्षेत्राधिकारको कुरा नबिर्सने हो भने विवादको कुरै छैन र विवाद उत्पन्न हुने कुरै आउदैन तर जब स्वार्थको कुरा आउछ अनि विवाद हुन्छ र समस्या सृजना हुन्छ । स्वार्थरहित काम गरेको खण्डमा यो समस्या आउदै आउदैन ।

Leave a Reply