कृष्ण मोहन साह
सेढवा,ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको सकृयताले ग्रामीण ईलाकामा चोरीतस्करी तथा अपराधिक गतिविधि न्युनीकरण हुन थालेको छ । प्रहरी निरीक्षक थापाले अपराधीहरुलाई पक्राउ गर्ने र अपराधिलाई छुटाउन भनेर सिफारिस गर्नेलाई समेत कारबाही गर्ने गरेको स्थानीयहरुले बताएका छन ।
ईलाका प्रहरी कार्यालयमा सरुवा भइ आएको आठ महिनाभित्रमा पटेर्वासुगौली गाउँपालिकामा पर्ने भलुवाई खोलाबाट गिट्टी बालुवा तस्करीमा प्रयोग भएका करिव ३५ ओटा टेक्टरलाई नियन्त्रणमा लिएर निरीक्षक थापाले आवश्यक कारबाहीको लागि गाउँपालिकाको जिम्मा लगाउनुभएको छ । नियन्त्रणमा लिइएका टेक्टरलाई पहिलोपटक भए पाँच र दोस्रोपटकको लागि दस हजार जरिवाना तिराएर छोडिने गरेको छ ।
त्यसैगरी थापाको कमाण्डमा विभिन्न मितिमा अन्दाजी ६० क्युफिट सालको गोलिया पक्राउ गरि आवश्यक कारबाहीको लागि सबडिभिजन वन कार्यालय रङ्गपुरटाडीमा बुझाइएको छ । विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई पनि पक्राउ गरी अदालतको जिम्मा लगाइएको निरीक्षक थापाले जानकारी दिनुभयो ।
यसैबीच ईलाका प्रहरी कार्यालय पटेर्वाको मातहतको एरियामा लगाएको करिव १४ बिगाहा गाँजा खेती पनि नष्ट गरिएको छ । भन्सार छली ल्याइएका ४ लाख ८९ हजार रुपैया बराबरको मालसामान नियन्त्रणमा लिएर भन्सार कार्यालय वीरगन्जमा बुझाइएको इलाका प्रहरी कार्यालय पटेर्वाले जानकारी दिएको छ । खुला सिमा नाकाका कारण हुन सक्ने अपराधिक गतिविधि र चोरी तस्करी नियन्त्रण गर्न मातहतका प्रहरी चौकीहरुलाई कडाइका साथ निर्देशन दिएको पनि निरीक्षक थापाले बताउनुभयो । यसक्रममा प्रहरीले नेपाली नम्बर प्लेटका १३ वटा मोटरसाइक नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको थापाले बताउनुभयो ।