सिमरा,बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगियाबस्तिका प्रेमबहादुर गोले सहित १ सय १५ जना नेकपा एमालेमा प्रबेस गरेका छ्न । उनीहरु नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेस गरेका हुन ।

नेकपा माओवादी केन्द्रले कुरा मात्रै गर्ने तर काम नगर्ने भएकोले आफूसहित ११५ जना माओवादी समर्थक एमालेमा प्रवेश गरेको गोलेले बताउनुभयो ।
लामो समयदेखि माओवादी केन्द्रमा रहेका गोले टाँगियाबस्तिका प्रतिष्ठित व्यक्तित्व हुनुहुन्छ । उहाँ सहितको टोली एमालेमा प्रवेश गरेपछि टाँगियाबस्तिमा माओवादी केन्द्र कमजोर बनेको छ भने एमाले अझ मजबुद हुने देखिएको छ ।
नवप्रवेसीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेस नम्बर २ का सहइन्चार्ज अच्युत मैनाली, प्रदेश २ का अध्यक्ष ज्वालाकुमारी साह, पूर्वमन्त्री एंव एमालेका नेता पुषोत्तम पौडेल, एमाले बाराका अध्यक्ष देवनारायण चौधरी, एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेल, एमाले नेताहरु राधेश्याम सिबाकोटी, अध्यानन्द पाण्डे, ढुण्डीराज उप्रेती, अनिल मैनाली,रमेस सापकोटा, वडा कमिटीका अध्यक्ष हरिदेव खरेल लगायतले स्वागत गर्नुभएको थियो ।


















