सांसद जनताबाट निर्वाचित व्यक्ति हुन् । उनीहरुमा सार्वभौमकता हुन्छ । जनताले चुनावमार्फत जिताएर पठाएपछि सांसदहरुले सदनमा पनि जनताकै कुरा गर्ने हो । तर कतिपय अवस्थामा सांसदहरुले जनताको कुरा नभइ आफ्नो निहित स्वार्थको कुरा गर्ने गर्दछन् ।
आइतवारको सदनमा यही देखिएको छ । वास्तवमा विदेशी सहयोग नेपालका लागि आवश्यक छैन र लिन हुन्न भन्ने कुरा त एकदमै गलत हो ।
तर सांसदको चरित्रले भने यो कुराको पुष्टि गर्दैन । आइतवारको सदनमा एमसिसीका बिषयमा सांसदहरुले जसरी धारणा राखे पनि खासमा पारित भएको छ । अलि चाडो हुनु पर्ने यो कुरा ढिला गरी भएको छ । केही सांसद र नेतालाई छाड्ने हो भने नेपालका सबै दल एमसिसीकै पक्षमा देखिएका छन् । एमसिसी मुलतः नेपालको लागि फाइदाको कुरा चैं होइन ।
हालका लागि यो फाइदाजनक कुरा भएपनि यसले दीर्घकालिन रुपमा असर गर्ने छ । एमसिसी इन्डो प्यासिफरिक रणनीति नै हो जसले जे भने पनि । यसैले पनि एमसिसीका सवालमा सांसदले देखाएको व्यवहार राष्ट्रको पक्ष छैन । यो सत्य कुरा हो ।















