आर.के.चौधरी
सखुवाप्रर्सौनी,थारु कल्याण कारिणीसभा जापान केन्द्रीय कार्यालय काठमाडौंद्वारा कोभिड संक्रमण र बाढीपहिरोबाट प्रभावित तथा लक्षित समुहलाई प्रधान गरेको रकम पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी थारुले शनिबार एक कार्यक्रमबीच वितरण गर्नुभएको छ ।
थारु कल्याण कारिणीसभा जापानले उपलब्ध गराएको २३ हजार ९ सय रुपैया गाउँपालिका अध्यक्ष चौधरीले वितरण गर्नुभएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ममता महतो थारु, समाजसेवी महेन्द्र चौधरी र स्थानीय बुद्धिजिवीकोसमेत उपस्थिति रहेको थियो । कल्याण कारिणीसभा जापानले स्थानीय १२ जनालाई २ हजार रुपैयाका दरले सहयोग वितरण गरेको हो ।