राजन कुमार बानिया
पोखरिया,पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ मनिहर्वामा सशस्त्र प्रहरीले आज बिहान अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।तस्करहरुले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा गाँजा सेटिंग गरि भारततर्फ लैजादै गरेको अस्थामा सशस्त्र प्रहरी बल पोखरियाको सशस्त्र प्रहरी नयाब उपरीक्षक शम्भु कटुवालको नेतृत्वमा गएको गस्ती टोलीले दुई वटा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लुकाएर राखिएाके लागू औषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार बेतिया जिल्ला सिकटा थाना क्षेत्रको बेहरा झुमका गाउँ निवासी ३७ वर्षिय असोक महतो र पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं ५ सबैठवा गाउँ निवासी ४३ वर्षिय रबिन्द्र महतो रहेका छन । महतोले बिआर २२ ए ५३०२ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउदै गरेको ४ केजी ५ सय ग्राम रबिन्द्रले बिआर २२ यु ११७८ नम्बरको मोटरसाइकलमा साढे पाँच किलो गाँजा लुकाएर ल्याउदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा पडाईएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका उपरीक्षक एसपी पुरणचन्द्र भट्टका जानकारी गराउनुभएको छ ।

















