निजगढ,नेपाल तामाङ घेदुङ निजगढ नगरले सांस्कृतिक कार्यक्रमका साथ माघ २८ आइतवार सोनाम ल्होछार पर्व मनाउने भएको छ ।‘आफ्नो भाषा धर्म, संस्कार र संस्कृति संस्कारको संरक्षण गरौं, पहिचान र अस्तित्वको लागि एक हौं’ भन्ने नाराका साथ हुन लागेको कार्यक्रममा तामाङ समुदायका राष्ट्रिय स्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ ।

निजगढ ८ स्थित बुद्धचोकमा विहान १० बजेबाट सुरु भई बेलुकी ५ बजेसम्म चल्ने सो कार्यक्रममा तामाङ संस्कृतिक गीत संगीत, नृत्य र लामा बोम्बो झाँकीसहित शान्ति ¥याली हुने कार्यक्रमका प्रेस संयोजक उमेश घलानले बताउनुभएको छ ।
तमाङ समुदायले मञ्जुश्री सम्बत्लाई आधार मानेर ल्होछार पर्व मनाउँदै आएका छन ।

यो बर्ष २८६०औं मञ्जुश्री सम्बत हो । बाह् वटा विभिन्न जनावरलाई आधार मानेर वर्ष गणना गर्ने चलन अनुसार यो वर्ष “डुक“ ल्हो अर्थत “गडुल“ वर्ष हो । “गडुल“ लाई तामाङ भाषामा “मु“ ल्हो पनि भन्ने गरिन्छ ।घेदुङ्ग नगर समिति गठनपछि निजगढमा पहिलो पटक सोनाम ल्होछार मनाउँन लागिएको हो । निजगढ नगर घेदुङ समितिको माघ २४ गते बुधवार बसेको बैठकले ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

Leave a Reply