वीरगन्ज,नेपाली कांग्रेस पर्साको पाँचवटा स्थानीय तहमा शनिबार सम्पन्न मतदानको मत परिणाम सार्वजनिक भएको छ ।
आइतवार दिउसो सार्वजनिक गरिएको परीणाम अनुसार वीरगन्ज महानगरपालिकाको कांग्रेस नगरसभापतिमा मणिन्द्रलाल नेपाली विजयी हुनु भएको छ ।
संस्थापनइतर पक्षका काग्रेस जिल्ला सभापती अजय द्विवेदी र पूर्वसभापति राजेन्द्रबहादुर अमात्य समूहका नेपाली ३६ मतको अन्तरले नगर सभापतिमा विजयी हुनुभएको हो । सभापतीमा विजयी नेपालीले २५७ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटम प्रतिद्वन्दी संस्थापन पक्षका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसिया समुहका उम्मेदवार राधेश्याम चौरसियाले २२१ मत मात्रै पाउनु भएको छ ।
त्यस्तै सभापती पदका अर्का प्रतिस्पर्धी दिपेन्द्र चौहानले ३२ मत मात्रै पाउनु भएको छ । त्यसैगरी उपसभापतीमा पनि संस्थापनइतर पक्षका संतोष गुप्ता २४८ मत र संस्थापन पक्षका सर्जुग महतो २४४ मत ल्याएर विजयी हुनुभएको छ । सचिवमा संस्थापनइतरका शिवचन्द्रप्रसाद यादव २६२ र संस्थापन पक्षका श्यामप्रसाद कुर्मी २३९ ले विजयी हुनुभएको छ ।
त्यसैगरी सहसचिवमा संस्थापन पक्षका उम्मेदवार दीपककुमार साह २४६ र सहजाद हुसैन अन्सारी २५० मत ल्याएर विजयी हुनुभएको हो ।
कांग्रेस वीरगन्ज महानगरको सदस्य पदको मतगणना भने सोमवार दिउँसोबाट नेपाली काँग्रेसको पार्टी कार्यालयमा सुरु भएको नेपाली कांग्रेसका पूर्वनगर सचिव मनोहर साहले जानकारी दिनुभयो । काँग्रेस वीरगन्ज महानगरको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा कुल ५४२ मत मध्ये ५२५ मत मात्र खसेको थियो ।
यस्तै पर्साको पोखरिया नगरपालिकाको नगरसभापतीमा रामबाबुप्रसाद चौहान निर्वाचित हुनुभएको छ । उहाँले ७१ मत पाउनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी लक्ष्मण साह कानुले ६८ मत पाउनु भएको छ ।
त्यस्तै उपसभापतीमा बच्चा साह तेली ८० मत र रामचन्द्र बैठा धोवी ७९ मत ल्याएर विजयी हुनुभएको छ । सचिवमा धर्मराजप्रसाद यादव ७६ मत र हरेराम पाण्डेय ७४ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
त्यस्तै सहसचिवमा अशोक चौहान ७५ मत र श्यामकिशोर यादव ७९ मत ल्याएर विजयी हुनु भएको छ । हिजो सम्पन्न मतदानमा पोखरिया नगरपालिकामा १४० मत खसेको थियो । १४६ मतदाता रहेको पोखरियामा ६ जना मतदाता भने अनुपस्थित रहेका थिए ।
यसैगरी पर्साको बहुदरामाई नगरपालिकाको कांग्रेस नगर सभापतीमा रामानन्द यादव अहिर विजयी हुनु भएको छ । संस्थापन पक्षका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसिया पक्षका सभापतिका उम्मेदवार यादव, संस्थापन इतर पक्षका अजय द्विवेदी र राजेन्द्रबहादुर अमात्य समूहका उम्मेदवार डाक्टर प्रमोद कुश्वाहालाई पराजित गर्दै विजयी हुनुभएको हो ।
यस्तै उपसभापतीमा सुशील साह, सचिवमा हरिन्द्र प्रसाद, सदस्यमा हृदय नारायण पटेल, बालकिसुन पटेल, इन्द्रासन यादव र सुगन्धी देबी निर्वाचित हुनुभएको छ । बहुदरामाई नगरपालिकामा शनिबार भएको मतदानमा कुल १३५ मत मध्ये १२९ मत खसेको थियो ।
यस्तै पर्सागढी नगरपालिकाको कांग्रेस नगरसभापतीमा विश्वमोहन थारु विजयी हुनुभएको छ । पर्सागढी नगरपालिकाको सभातिमा निर्वाचित विश्वमोहन दास थारुले ८६ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी घनश्याम चौधरीको ५६ मत मात्र आएको छ ।
उपसभापतीमा आत्माराम अधिकारी ८० मत र छोटेलाल यादव ८२ मत ल्याएर विजयी हुनु भएको छ । त्यस्तै सचिवमा उमा अधिकारी ८७ मत र अर्जुन गिरी ७५ मत ल्याएर विजयी हुनुभएको छ ।
त्यसैगरी सहसचिवमा रामसुनर महतो ८६ र सुकदेव दास ७५ मत ल्याएर विजयी हुनुभएको छ । यस्तै खुला सदस्यतर्फ नगिना कुर्मी ८८, हरिशंकर अहिर ८१, आदिवासी जनजातिमा रामाकान्तीदेवी ८५ मतले विजयी, दलित पुरुषमा भोला राम ११७ मतले विजयी, कन्हैया हजरा दुसाध ६९ मत र मुस्लीम सदस्यमा जोश महम्मद ७१ मतले विजयी हुनुभएको छ ।
यस्तै ठोरी गाउँपालिकाको काँग्रेस सभापतीमा मिनबहादुर श्रेष्ठ संतोषको प्यानल नै निर्वाचित भएको छ । संस्थापनइतर समुहबाट सभापतीको उम्मेदवार बन्नु भएका रामकृष्ण पन्तको प्यानललाई पराजित गर्दै श्रेष्ठको प्यानल ३२ वटै पदमा विजयी भएको हो ।
कुल ८० जना क्षेत्रीय प्रतिनिधि रहेको ठोरी कांग्रेसका मतदाताहरुमध्ये ७९ जनाले मतदान गरेका थिए ।