निजगढ,तपोवन सामुदायिक अध्ययन केन्द्र निजगढको आयोजनामा शनिवारबाट निजगढमा मोवाईल मर्मतसम्बन्धि २ महिने तालिम सुरु भएको छ ।
निजगढ नगरपालिका वडा नम्बर ८ वडा कार्यालयको आर्थिक सहयोगमा सुरु भएको सो तालिममा स्थानीय २० जना युवाहरुको सहभागिता रहेको छ । तपोवन सामुदायिक अध्ययन केन्द्रकी अध्यक्ष मिना लामाको अध्यक्षतामा भएको तालिम उद्धाटन वडा नम्बर ८ का वडा अध्यक्ष टेकबहादुर लामाले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण कृष्ण खरेलले गर्नु भएको थियो । नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखा भवनको सभाहलमा तालिम सुरु भएको हो ।