चन्द्रपुर,रौतहटको एक ईटा उद्योगमा चौकीदारको काम गर्ने एकजनाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका वडानम्बर १० मा रहेको बिबिए ईटा उद्योगमा चौकीदारको काम गर्ने अन्दाजी ४० वर्षिय जलिल मियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रातिको समयमा कसैले मियाको टाउकोमा हिर्काएर हत्या गरेको हुन सक्ने ईलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी सन्तुप्रसाद जयसवारले जानकारी दिनुभएको छ । मृतक मियाको टाउकोमा चोट र रगताम्य अवस्थामा शव फेला परेपछि प्रहरीको तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान अगाडि बढाइएको उहाँले बताउनुभएको छ ।

उद्योगमा राती मिया मात्र रहेको र उनलाई कसैले फलामको डण्डीले हानेर हत्या गरेको हुनसक्ने स्थानीयले जनाएको छ ।

Leave a Reply