निजगढ,तपोवन सामुदायिक अध्ययन केन्द्रले आयोजनामा निजगढमा अनौपचारिक शिक्षा सहजकर्ता तालिम शनिवारबाट सुरु भएको छ ।

निजगढ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आर्थिक सहयोगमा भएको सो तालिममा नगरपालिकाका विभिन्न वडाका १० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

तालिममा शिक्षक रुद्र धिताल र खडकबहादुर श्रेष्ठले सहभागीहरुलाई प्रशिक्षण दिइरहनु भएको छ । शिक्षा शाखाका कर्मचारी दिपेन्द्र ढकाल विशिष्ठ अतिथि रहेको सो तालिमको निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष टेकबहादुर लामाले उद्धाटन गर्नु भएको थियो ।

कार्यक्रममा महिला विकास केन्द्रकी उर्मिला ढुङ्गाना र बद्री चिमोरियालगायतले तालिमको महत्व बारेमा बोल्नु भएको थियो ।

Leave a Reply