नरेश गुप्ता

बरियापुर,जनता समाजवादी पार्टीबाट निर्वाचित पचरौता नगरपालिकाको कार्यपालिका सदस्य किशोरी बिनसहित २० जना स्थानीयहरु नेकपा एमालेमा शनिबार प्रवेश गरेका छन ।

पचरौता नगरपालिकाको वडा नम्बर ९ को बलधुस्वा टोलमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज बलवीर चौधरीले कार्यपालिका सद्स्य बिनसहित विभिन्न पार्टी परित्याग गरि आएको कार्यकर्ताहरुलाई टीका लगाएर पार्टी प्रवेश गराईएको थियो ।

कार्यपालिका सद्स्य किशोरी बिनसहित २० जना विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको पचरौता नगरपालिकाका मेयर पदका प्रत्यासी जलान्धर सिंहले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख प्रत्यासी तथा मधेश प्रदेश कमिटी सदस्य जलन्धर सिंह, जिल्ला सहसचिव भुलन चौधरी, वडा अध्यक्ष लक्ष्मी यादव र केदार बैठा लगायतको बिशेष सहभागिता रहेको थियो ।

Leave a Reply