सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष रसुल अन्सारी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । वडा अध्यक्ष मिया एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर बुधवार एमालेमा प्रवेश गर्नुभएको हो । अन्सारीलाई पार्टी प्रवेश गराउन एमाले पोलिटब्युरो सदस्य अच्युत मैनाली, प्रदेश कमिटी सदस्य राजमहमद मियालगायतका नेताहरु बालकोट पुग्नु भएको थियो ।

अन्सारी स्थानीय निर्वाचनमा नेपाली कांग्रेश पार्टीबाट निर्वाचित हुनुभएको थियो । स्थानीय क्षेत्रमा प्रभावशाली मानिने अन्सारीको प्रवेशले सो वडामा पार्टी थप मजबुद बनेको एमालेका स्थानीय कार्यकर्ताहरुले दाबी गरेका छन ।

Leave a Reply