काठमाण्डौं,सरकारले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको छ । सत्ता गठबन्धन परिवर्तनसंग सरकारले आयोग खारेज गरेर नयाँ आयोग गठन गर्न लागेको हो ।बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो । तर, यसबारेमा सरकारको प्रवक्ताले औपचारिक रुपमा भने जानकारी गराएका छैनन । ३० भदौं २०७८ मा गठन भएको आयोगको नेतृत्व कांग्रेस निकट नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौलाले गर्दै आउनुभएको थिए ।

कांग्रेस सरकारबाट बाहिरिएपछि आयोग पनि खारेजीमा परेको हो । त्यसअघि पनि नेकपा (एमाले) नेता देवी ज्ञवालीले नेतृत्व गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरिएको थियो । तत्कालिन आयोगजस्तै यो पटक पनि नयाँ आयोग गठन गर्ने गरी सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको हो ।आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लाजपूर्जा दिने गरी काम अघि बढाएको थियो । केहि स्थानमा आयोगले जग्गाधनी पूर्जा समेत वितरण गरिसकेको छ ।

Leave a Reply