Exif_JPEG_420

कृष्णउदास खनाल

गोरखा (भच्चेक),नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब आर्थिक क्रान्तिको शुरुवात गोरखाबाट हुने बताउनुभएको छ ।

बिहीबार गोरखाको भच्चेकमा आयोजित गठबन्धनको कोण सभालाई संबोधन गर्दै प्रचण्डले गोरखा २ मा अब कायापटल हुने बताउनुभयो । गोरखा यसैमा पनि एतिहाँसिक भएको र त्यसमा पनि भच्चेक झनै महत्वपूर्ण रहेको भन्दै उहाँले आफ्नो उम्मेदवारी नै गोरखाको बिकासको मुहान भएको जिकिर गर्नुभयो । आर्थिक रुपमा गोरखालाई सवल बनाउन अब आफूले कुनै पनि मुल्य चुकाउन पछि नपर्ने उहाँले बताउनुभयो । उहाँले आफूले गिरिजाप्रसाद कोइरालाकै पालामा रुखमा मतदान गरेकाले विस्तृत शान्ति संझौताले सबै हिजोमा तीतामिठाहरुको अन्त्य गरेको भन्दै अब माओवादी कार्यकर्ताले रुखमा र काँग्रेसका कार्यकर्ताले हसिँया हतौडामा मतदान गर्दा मन सानो बनाउनुपर्ने अवस्था नरहेको पनि बताउनुभयो ।

प्रचण्डले काँग्रेस पनि परिवर्तनकारी पार्टी र आफू पनि परिवर्तनकारी भएकाले माओवादी र काँग्रेसका बीचमा गठबन्धन भएको बताउनुभयो । गठबन्धन चुनावसम्म नभइ यो लामो समयसम्म जाने उहाँले सुनाउनुभयो । अझै पनि प्रतिगामीहरुको खतरा नटरेको उहाँको बिश्लेषण थियो । कार्यक्रममा गोरखा २ ख प्रदेश सभाका उम्मेदवार सुरेन्द्र पाँण्डेले माओवादी र काँग्रेस मिलेर अब गोरखा २ लाई नमूना बनाइने बताउनुभयो । कार्यक्रममा नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । मंसिर ४ गतेको प्रतिनिधि सभाको चुनावमा प्रचण्डले गोरखा २ बाट यसपटक उम्मेदवारी दिनु भएको हो ।

Leave a Reply