दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,जिल्ला समन्वय समिति बाराको ८ आठौं जिल्ला सभा मंगलवार कलैयामा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति बाराका सभापती नरेन्द्रकुमार साहको अध्यक्षतामा सम्पन्न सो जिल्लासभामा आर्थिक वर्ष २०८२ ÷०८३ को लागि प्रस्तावित नीति तथा कार्यक्रम समन्वय समितिकी उपप्रमुख चण्डिका उप्रेतीले सभा समक्ष प्रस्तुत गर्नुभएको थियो ।
जिल्लासभाको अवसरमा जिल्ला समन्वय समिति बाराको कार्यालयमा कार्यरत ३ जना उत्कृष्ट कर्मचारीहरुलाईसम्मानित पनि गरिएको छ । सम्मानित हुनेहरुमा शाखा अधिकृत आमोद चौधरी, कार्यालयका सूचना अधिकारी अमितकुमार चौधरी र कार्यालय सहयोगी बिनोद यादव रहेका छन । कार्यालयको कार्य सम्पादनमा राम्रो काम गरेकोले उच्च मुल्याकन र कदर गर्दै निजहरुलाई सम्मानित गरिएको बताइएको छ । उनीहरुलाई जिल्ला समन्वय समितिको सभापती नरेन्द्रकुमार साह र उपप्रमुख चण्डिका उप्रेतीले सम्मानपत्र प्रदान गरी सम्मानित गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सबै स्नानीय तहका प्रमुख, अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी अनुप ढकालले स्वागतमन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संञ्चालन कार्यालयको शाखा अधिकृत आमोद चौधरीले गर्नुभएको थियो ।


















