सिमरा,भारतको ७६औं स्वतन्त्रता दिवसको अवसरमा शनिवार अमृता अनाथालय बारा कलैयाका १७ जना बालबालिकाहरुलाई कपडा वितरण गरिएको छ ।नेपाल भारत मैत्री संघ कलैयाको आयोजनामा उक्त कपडा वितरण गरिएको हो । महाबाणिज्य दुताबास वीरगञ्जका कन्सुलर सतिषले एक कार्यक्रमकाबीच अमृता अनाथालयका बालबालिकाहरुलाई कपडा, जुत्ता तथा मिठाईसमेत वितरण गर्नुभएको हो ।नेपाल भारत मैत्री संघ कलैयाका अध्यक्ष हिरालाल साहको अध्यक्षतामा भएको कपडा वितरण कार्यक्रममा संघका सल्लाहकार जंगबहादुर यादव, जिल्ला कोषाअध्यक्ष वृजकिशोर साह, सदस्य सत्यनारायण साह, पवन अग्रवाल, किशोरी राम, अमृता अनाथालयका सञ्चालिका फुलमति बस्नेत, गोवद्र्धन बस्नेत लगायतको सहभागिता रहेको थियो ।