वीरगञ्ज,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अर्काको खाताबाट रकम चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको छ ।राष्ट्रिय वाािण्ज्य बैंकमा रहेको अर्काको नामको खाताबाट अनाधिकृतरुपमा एक करोडभन्दा बढी पैसा निकालेको आरोप सिआइबीको टोलीले सोही बैंकको पोखरिया शाखाका कर्मचारी रोहितकुमार ओझालाई पक्राउ गरेको जनाएको छ ।

नक्कली ‘कनेक्ट आइपीएस’ बनाएर बैकको बानेश्वर शाखामा रहेको अरुको खाताबाट पैसा चोर्ने राष्ट्रिय वाणिज्य बैंक पर्सा पोखरिया शाखाका कर्मचारी ओझालाई पक्राउ गरिएको सिआइबी प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले पुष्टि गर्नुभयो ।
उनी पोखरिया शाखामा कनिस्ट सहायक कर्मचारी भएको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ । बोगटीले भन्नुभयो, ‘कोरियामा बस्ने एक नेपालीले राष्ट्रिय वाणिज्य बैंकमा पैसा जम्मा गर्दै आइरहेका थिए, बानेश्वर शाखामा उनको खाता छ । त्यही शाखाबाट नक्कली कनेक्ट आइपीएस बनाएर ओझाले अनाधिकृतरुपमा प्रवशे गरे, अनि ती व्यक्तिको खाताबाट पैसा चोर्न थाले ।’ त्यसपछि खातावालाले बैंकमा उजुरी गरेपछि बैंकले गरेको छानविनमा ओझाले पैसा चोरी गरेको पाइएको बैंकले दिएको जाहेरीमा उल्लेख छ ।’ उहाँले भन्नुभयो ।

सिआइबी प्रवक्ता बोगटीका अनुसार ओझाले २१ पटक गरेर बानेश्वर शाखाबाट पैसा झिकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।पक्राउ परेका ओझालाई राष्ट्र बैंक कसुर ऐन अन्तर्गत म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सिआइबी प्रवक्ता बोगटीको भनाई छ ।

Leave a Reply